कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई एक वर्ष जेल सजाय

सजाय तोकिएपनि माथिल्लो अदालतमा अपिल गर्ने भएकाले घरमै विद्युतीय ट्याग लगाएर बस्न सक्ने
रोयटर्स

फ्रान्स — फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई २०१२ को चुनावको प्रचार प्रसारमा गैरकानुनी रुपले लगानी गरेको भन्दै पेरिस अदालतले १ वर्ष जेल सजाय तोकेको छ । अदालतले पूर्व राष्ट्रपति सार्कोजीले पराजय भोगेको चुनावमा गैरकानुनी रुपमा लगानी गरेको ठहर गरेको हो । 

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई एक वर्ष जेल सजाय

अदालतले दोषी ठहर गरेपनि ६६ वर्षीय सार्कोजी जेल भने जानु पर्ने छैन । उनले माथिल्लो अदालतमा यस आदेश विरुद्ध अपिल गर्ने भएपछि हाललाई जेल जानबाट जोगिएका हुन् । यद्यपी न्यायाधीशको आदेश अनुसार उनले विद्युतीय ट्याग लगाएर घरमै रहेर सजाय भुक्तान गर्न पाउने छन् । यसैवर्ष सर्कोजीमाथि न्यायाधीशलाई घुस दिन खोजेको आरोपमा पनि ३ वर्ष जेल सजाय तोकिएको थियो । उक्त मुद्दा पनि माथिल्लो अदालतमा विचाराधीन भएकै कारण उनी हालसम्म जेल जानु परेको छैन ।

सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका थिए । उनले आफूमाथि लागेका सम्पूर्ण आरोप गलत रहेको दाबी गर्दै आइरहेका छन् । उनले २०१२ को चुनावमा पनि आफूले निर्वाचन सम्बन्धी खर्च नहेरेका कारण त्यसबारे केही थाहा नभएको बताएका छन् । तर अधिकारीहरुले भने उनले प्रत्यक्ष रुपमा खर्चमा समाले नभए पनि उनलाई तोकिएको सीमा भन्दा बढी खर्च भइरहेको बारे जानकारी रहेको दाबी गरेका छन् ।

अदालतको यो आदेशसँगै अर्को वर्ष फ्रान्समा हुने निर्वाचनमा उनको भूमिका कमजोर हुने देखिएको छ । उनी आफैं चुनावमा भने उठ्ने कुनै तयारी नरहेको पनि बताइएको छ ।

प्रकाशित : आश्विन १४, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?