१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित 

एजेन्सी

टोकियो — फुमिओ किशिदा जापानको सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी)को नेतामा निर्वाचित भएका छन् । नेता छानिएसँगै  किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित 

पूर्व विदेशमन्त्री किशिदाले तारो कोनोलाई नेतृत्वमा पराजित गरेका थिए । जापानमा कोनो लोकप्रिय रहे पनि संसदीय दलको नेतामा भने किशिदा निर्वाचित भएका हुन् ।

किशिदाले हालका प्रधानमन्त्री योशिहिदो सुगालाई प्रतिस्थापन गर्नेछन् । योशिहिदो एक वर्षअघि मात्रै प्रधानमन्त्री बनेका थिए । किशिदाको पहिलो काम आगामी चुनावमा एलडीपीको नेतृत्व गर्नु पर्ने हुन्छ । आमजनता विपक्षमा हुँदाहुँदै पनि टोकियोमा ओलम्पिक आयोजना गरेपछि पार्टीको लोकप्रियता खस्केको थियो । संसद्‍मा एलडीपीको बहुमत रहेको छ । किशिदोले हालका प्रधानमन्त्री सुगाको आलोचना गर्दै आएका थिए ।

गत वर्ष भएको आन्तरिक निर्वाचन सुगासँग पराजित भएका थिए । नयाँ प्रधानमन्त्रीले कोभिड महामारीपछि अर्थतन्त्रलाई सुधार गर्न तथा उत्तर कोरियाको बढ्दो चुनौतीको सामना गर्नु हुनेछ ।

प्रकाशित : आश्विन १३, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?