दरबारको सुविधा त्याग्दै प्रेमीसँग विवाह गर्ने तयारीमा जापानी राजकुमारी

एजेन्सी

काठमाडौँ — जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्न करिब १५ करोड (नेपाली रुपैयाँ) सहित दरबारबाट पाउने सुविधा त्याग्न तयार भएकी छन् । यसअघि इंगेजमेन्ट भइसकेका प्रेमी तथा कलेज क्लासमेटसँग विवाह गर्न उनले यस्तो निर्णय गरेकी हुन् ।

दरबारको सुविधा त्याग्दै प्रेमीसँग विवाह गर्ने तयारीमा जापानी राजकुमारी

२९ वर्षीया राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा प्रेमी केइ कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकी थिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारी गर्न आफूहरुलाई केही समय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए ।

तयारीको कमी भन्दै उनीहरुले इंगेजमेन्टपछि पनि विवाहका लागि ढिलाइ गरेका थिए । जापानको कानून अनुसार राजपरिवारका सदस्यले आम व्यक्तिसँग विवाह गर्दा राजपरिवारको सुविधा तथा हैसियत त्याग्नुपर्ने प्रावधान छ ।

जापानी मिडियाका अनुसार राजकुमारी माकोले राजपरिवारको सुविधा त्याग्दै आम पुरुषसँग विवाहका लागि अनुमति पाएकी छन् । यद्यपि उनको यस्तो निर्णयलाई लिएर राजकुमारी माकोसँगै उनका प्रेमी समेत आम नागरिकमाझ आलोचित बनेका छन् । जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार उनीहरुको विवाह आगामी अक्टोबरमा घोषणा हुँदैछ ।

प्रकाशित : आश्विन ११, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?