कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी

एजेन्सी

काठमाडौँ — जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ । निवर्तमान चान्सलर अंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मत अन्तरले पराजित भएको हो । यससँगै एसपीडीका उम्मेदवार ओलाफ स्कोल्ज नयाँ चान्सलर बन्ने सम्भावना बलियो देखिएको छ । 'नयाँ जनादेशले हामीलाई जर्मनीका लागि एक राम्रो र व्यवहारिक सरकार गठन गर्न बाटो खोलिदिएको छ,' ओलाफले भनेका छन् ।

जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी

तर युनियन गठबन्धनले संघीय प्रतिस्पर्धामा खराब मत पाए पनि नयाँ सरकार गठनका लागि साना दलहरुसँग संवाद गर्ने जनाएको छ । नयाँ सरकार गठन नहुँदासम्म नै कामचलाउ भूमिकामा रहनेछिन् ।

निर्वाचन अधिकारीहरुका अनुसार सोमबार बिहान सबै २९९ वटै निर्वाचन क्षेत्रमा सोसल एसपीडीले २५.९ प्रतिशत मत प्राप्त गरेको छ । जबकि युनियन ब्लकले २४.१ मत पाएको छ । जर्मनीमा यसअघिका राष्ट्रिय निर्वाचनमा विजेता बनेका पार्टीमध्ये कुनैले पनि ३१ प्रतिशतभन्दा थोरै मत पाएका थिएनन् ।

युनियन ब्लकका एक प्रभावशाली मानिएका अर्मिन लासेटले पराजयपछि भनेका छन्, 'पक्कै पनि यो पराजय हो । जुन हाम्रा लागि सुन्दर छैन ।' यद्यपि लासेटले नयाँ सरकार गठनका लागि आफूहरुले पहल गर्ने बताएका छन् । उनले समर्थकहरुलाई भनेका छन्, 'हामी युनियनको नेतृत्वमा नयाँ सरकार गठनका लागि सकेजति पहल गर्नेछौँ । किनकि हाम्रो देशलाई आधुनिकीकरण गर्नका लागि जर्मनीलाई अहिले गठबन्धन सरकार चाहिएको छ ।'

लासेट र स्कोल्ज दुई ग्रीन पार्टी पार्टी र फ्रि-डेमोक्रेटिक पार्टीका नेताहरु हुन् । जसमध्ये ग्रीन पार्टीले १४.८ प्रतिशत र फ्रि डेमोक्रेटिकले ११.५ प्रतिशत प्राप्त गरेका थिए ।

जर्मनीमा नयाँ सरकार गठनको तयारी भइरहँदा भावी चान्सलरले धेरै संकटको सामना गर्नुपर्ने बताइन्छ । यसअघि जर्मनीलाई धेरै राष्ट्रिय संकटबाट बचाउन सफल भएकी अंगेला मर्केलका निर्णयलाई निरन्तरता दिन जोसुकैलाई मुस्किल पर्ने टिप्पणी गर्न थालिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भावी चान्सलरले विशेषगरी कोरोना भाइरस महामारी, सामाजिक सुरक्षाका कार्यक्रमको निरन्तरता जस्ता मुद्दाको सामना गर्नुपर्नेछ ।

प्रकाशित : आश्विन ११, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?