समलिंगी विवाहबारे जापानका प्रधानमन्त्री उम्मेदवारहरु अनुदार

एजेन्सी

टोकियो — जापानमा नयाँ प्रधानमन्त्री चयनको अभ्यास भइरहँदा भावी प्रधानमन्त्रीका उम्मेदवारहरु विभिन्न मुद्दामा गम्भीर बहस र विवाद गर्दैछन् । महामारी नियन्त्रण, आम्दानीमा समानतालगायत मुद्दा प्राय: उनीहरुका मुद्दा बन्ने गरेका छन् ।

समलिंगी विवाहबारे जापानका प्रधानमन्त्री उम्मेदवारहरु अनुदार

तर प्रधानमन्त्रीका सबैजसो उम्मेदवारहरु समलिंगी विवाहलगायत लैंगिक मुद्दाबारे मौन वा विभाजित देखिएका छन् । पछिल्लो समय भएका टेलिभिजन अन्तर्वार्तामा उनीहरुमध्ये धेरैजसो लैंगिक समानताको मुद्दाबारे अनुदार देखिएका छन् ।

विशेषगरी लिबरल डेमोक्रेटिक पार्टीको उम्मेदवार जो बन्छ उही नेता नै सेप्टेम्बर २९ मा हुने चुनावबाट प्रधानमन्त्री बन्ने सम्भावना प्रवल छ । किनकि संसद्‌मा लिबरल डेमोक्रेटिक पार्टीको बाहुल्यताका कारण उक्त पार्टीको उम्मेदवारले जित्ने पक्कापक्की छ ।

प्रधानमन्त्री पदका प्रवल दाबेदार मानिएका खोपमन्त्री तारो कोनोले भने हालै टेलिभिजन अन्तर्वार्ताको क्रममा आफ्नो पार्टीको नीतिविपरीत आफू समलिंगी विवाहलाई पहिचान दिने पक्षमा रहेको बताए । तर उनका प्रतिद्वन्द्वी मानिएका पूर्वपरराष्ट्रमन्त्री फुमिओ किशिदाले आफू समलिंगी विवाहको पक्षमा अझै नपुगेको प्रतिक्रिया दिए ।

अरु दुई महिला उम्मेदवारहरु सेइको नोडा र सानाए ताकाइची पनि समलिंगी विवाहको पक्षमा अनुदार नै देखिएका छन् । जबकि ६१ वर्षीया सेइको पूर्वलैंगिक समानतामन्त्री हुन् भने ६० वर्षीया सानाए पूर्वआन्तरिक मामिलामन्त्री हुन् ।

लैंगिक समानताबारे दुबै महिला नेत्रीको प्रतिक्रियालाई अनपेक्षित रुपमा हेरिएको छ । जबकि संसदीय समिकरणमा फेरबदल आएमा उनीहरुमध्ये एक पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाउनेछन् । अरु चार उम्मेदवार फेरि टेलिभिजन बहसमा उत्रने तयारीमा छन् । तर सबैजसो उम्मेदवारहरु यस्तै लैंगिक समानताको मुद्दामा विभाजित बन्ने गरेका छन् ।

यस्तै विवाहित जोडीले निजी थर लेख्न पाउने कि नपाउने भन्ने प्रश्न पनि उनीहरुका लागि पेचिलो बन्ने गरेको छ । जापानमा नयाँ प्रधानमन्त्री चयनको तयारी भइरहँदा महिलासहित लैंगिक अल्पसंख्यकका मुद्दालाई आगामी दिनमा सम्बोधन गर्न नेताहरु कति प्रतिबद्ध छन् भनेर पनि बहस हुँदैछ ।

प्रकाशित : आश्विन १०, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?