कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका र क्यानडाको जनसंख्याभन्दा धेरैले मन पराए मेङको स्वागत कार्यक्रम

एजेन्सी

बेइजिङ — क्यानडाको तीन वर्षे नजरबन्दपछि शनिबार चीन फर्किएकी हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वेनझाओको प्रत्यक्ष प्रसारण कार्यक्रम अत्यधिक दर्शकले हेरेका छन् । चीनको सञ्चारमाध्यम चाइना मिडिया ग्रुपको मोबाइल र वेब प्लेटफर्ममा प्रसारण गरिएको मेङको स्वागत कार्यक्रमलाई ४० करोड दर्शकले मन पराएका छन् ।

अमेरिका र क्यानडाको जनसंख्याभन्दा धेरैले मन पराए मेङको स्वागत कार्यक्रम

हुवावेकी आर्थिक मामिला प्रमुख मेङ क्यानडाबाट छुटेपछि शनिबार राति ग्वाङदोङ प्रान्तको सेङझेनस्थित अवतरण गरेकी थिइन् । उनलाई स्वागत गर्न सयौँ प्रशंसकहरु विमानस्थलमै पुगेका थिए । चीनले उनलाई स्वागत गरिरहेको कार्यक्रमलाई विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए । सोही क्रममा चाइना मिडिया ग्रुपले उक्त स्वागत कार्यक्रमबारे गरेको प्रत्यक्ष प्रसारण व्यापक रुपमा चर्चित बनेको हो ।

चाइना मिडिया ग्रुपका अधिकारीहरुले समेत उक्त कार्यक्रम अत्याधिक मानिसले हेरेको र लाइक गरेको जानकारी दिएका छन् । मेङको उक्त कार्यक्रम झण्डै ४३ करोडले अवलोकन गरेका थिए । गत शुक्रबार अमेरिकाले सहमति दिएपछि मात्रै मेङलाई क्यानडाले रिहा गरेको बताइएको छ ।

'अन्तत म घर आइपुगेँ । यो जनताहरुको शक्ति हो,' समर्थकहरुको भीडलाई सम्बोधन गर्दै मेङले भनेकी थिइन् । यस्तै उनले अमेरिकाले आफूमाथि लगाएको आरोपको खण्डन समेत गरेकी छन् । मेङको स्वागतका लागि समर्थकहरु चीनको झन्डा र प्लेकार्ड बोकेर विमानस्थलमा पुगेका थिए ।

मेङको स्वागत कार्यक्रमलाई चिनियाँ मिडियाले मध्यरातसम्म प्रत्यक्ष प्रसारण गरेका थिए । चाइना मिडिया ग्रुपले मेङको आगमन लगत्तै निरन्तर प्रत्यक्ष प्रसारण गरेको हो । मेङको कार्यक्रम हेर्ने र लाइक गर्ने ४० करोड दर्शकको संख्या अमेरिका र क्यानडाको कुल जनसंख्या भन्दा पनि धेरै हो । मेङको स्वागत मन पराएका ती इन्टरनेट युजर्सलाई चिनियाँ मिडियाले मातृभूमिको शक्तिको रुपमा समेत व्याख्या गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १०, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?