१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

इजरायली सेनाको आक्रमणमा ४ प्यालेस्टाइनी मारिए

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायली सेनाको आक्रमणबाट कम्तिमा चार जना प्यालेस्टाइनीहरु मारिएका छन् । इजरायलले कब्जामा लिएको वेस्ट ब्यांकस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले आइतबार रातभर आक्रमण गरेको हो ।

इजरायली सेनाको आक्रमणमा ४ प्यालेस्टाइनी मारिए

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद हलेलीका अनुसार उत्तरपश्चिम गाउँ बिद्दुका तीन जना नागरिक इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । यस्तै, जेनिन सहरको दक्षिणपश्चिम क्षेत्र बर्किनका एक जना आक्रममा मारिएका छन् ।

आक्रमणमा अर्का एक प्यालेस्टाइनी पनि मारिएको हलेलीले बताएका छन् । तर यसबारे कुनै पुष्टि हुन सकेको छैन । अलजजिराका अनुसार दोहोरो भीडन्तको क्रममा केही इजरायली सैनिकहरु पनि घाइते भएका छन् । इजरायली मिडियाले भने इजरायली सेनाले हमास कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने उद्देश्यले छापा मारेको जनाएका छन् ।

वेस्ट ब्यांकका विभिन्न स्थानमा इजरायली सेनाले केही महिनादेखि दैनिकजसो अपरेशन गर्दैआएको छ । गत महिना मात्रै जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको अपरेशनमा चार प्यालेस्टाइनी मारिएका थिए ।

प्रकाशित : आश्विन १०, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?