सोमालियामा आत्मघाती कार बम विस्फोटमा ७ को मृत्यु, ८ जना घाइते

काठमाडौँ — सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रपति निवास नजिकै आत्मघाती कार बम विस्फोट गरिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

सोमालियामा आत्मघाती कार बम विस्फोटमा ७ को मृत्यु, ८ जना घाइते

राष्ट्रपति निवास नजिकैको सडकमा शनिबार बम विस्फोट भएको रोयटर्समा समाचार छ । 'सीलगाब जंक्सनमा कार बम विस्फोटबाट ७ जना मारिएका छन् । ८ जना घाइते छन्,' हमारजाजाब जिल्लाका आयुक्त मुआवीए मदीले बताएका छन् । घटनास्थलमा ७ वटा कार र ३ रिक्सा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

विस्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म यकिन भइसकेको छैन । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम यसअघि यस्तै प्रकृतिका अधिकांश विस्फोटका घटनामा सशस्त्र समूह अल सबाबको संलग्न रहने गर्थ्यो ।

प्रकाशित : आश्विन ९, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?