१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उत्तर अमेरिकामा २३ हजार वर्षअघिका मानव पदचाप भेटिए

वासिङटन — अनुसन्धाताहरुका अनुसार उत्तर अमेरिकामा २३ हजार वर्षअघि मानव पदचाप भेटिएको छ। उनीहरुले हिमयुगको अन्त्यअघि उत्तर अमेरिकामा मानव सभ्यता रहेको समेत दावी गरेका छन् ।

उत्तर अमेरिकामा २३ हजार वर्षअघिका मानव पदचाप भेटिए

बिहीबार सार्वजनिक गरिएको निष्कर्ष अनुसार उक्त महाद्विप हजारौँ वर्षअघि आदिम मानव बस्तीको नियन्त्रणमा थियो । मानव पदचापहरु हाल न्यु मेक्सिको मरुभूमिमा पर्ने सुख्खा तालको किनारमा लामो समयदेखि रहेको अनुसन्धाताहरुले बताएका छन् ।

अध्ययनले २१ हजारदेखि २३ हजार वर्षअघि यस क्षेत्रमा मानव अस्तित्व रहेको औंल्याएको छ। वन्यजन्तु वैज्ञानिकको रुपमा २००५ मा ह्वाइट स्यान्ड्स नेश्नल पार्क पुगेका डेभिड बुस्टोसले यस्तो तथ्य फेला पारेका थिए । उनको यस्तो अनुसन्धानबारे अध्ययन रिपोर्ट अमेरिकन जर्नल साइन्समा प्रकाशित छ । उनको यस्तो अनुसन्धानलाई ऐतिहासिक भनी टिप्पणी गरिएको छ ।

बेलायतस्थित बोर्नेमाउथ यूनिभर्सिटीका वातावरणीय तथा भूगोल विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक माथ्यू बेन्नेटका अनुसार ह्वाइट स्यान्ड्स नेश्नल पार्कको पूर्वतर्फ प्रसस्त मात्रामा मानव पाइला देखिएका छन् ।

प्रकाशित : आश्विन ८, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?