कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अफगानिस्तानका अल्पसंख्यक हजारा किसानलाई घर छाड्न दबाब

काबुल — मध्य अफगानिस्तानस्थित हजारा बाहुल्य किसान समुदायलाई तालिबानले घर छाडेर अन्यत्र जान आदेश दिएको छ । वर्षौंदेखि बसोबास गर्दैआएका हजारा किसानहरु बसोबास गरेको जमिन तालिबान जमिनदारहरुले छाड्न दबाब दिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानका अल्पसंख्यक हजारा किसानलाई घर छाड्न दबाब

स्थानीयरका अनुसार तालिबान जमिनदारहरुले पश्तुन जमिनमा बसोबास गर्दै आएका आदिवासी किसानहरुलाई अन्नबाली नष्ट गरिदिने धम्कीसमेत दिएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि निर्वासित जीवन बिताउँदै गरेका हजारा नेता मोहम्मद मोहकिकले आफ्नो समुदायका नागरिकमाथि खतरा रहेको लेखेका छन् । उनका अनुसार काबुलको दक्षिण पश्चिम क्षेत्रस्थित ग्रामीण भेगका ८ सयभन्दा धेरै हजारा परिवारलाई तालिबानले घर छाड्न आदेश दिएका छन् ।

हजारा समुदाय अफगानिस्तानको जातीय अल्पसंख्यक समुदाय मानिन्छ । जो सुन्नी बाहुल्य अफगानिस्तानमा वर्षौंदेखि सताइएका छन् । पछिल्लो दुई दशकयता उनीहरु तालिबान र आईएसआईएसको निशानामा पर्दै आएका छन् । उनीहरु अवैध रुपमा बसोबास गर्दै आएको तालिबान नेताहरुले आरोप लगाउने गरेका छन् ।


प्रकाशित : आश्विन ८, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?