२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

श्रीलंकामा विद्रोही नेताको स्मृति सभामा सामेल भएको भन्दै तामिल सांसद पक्राउ

कोलम्बो — श्रीलंकाको प्रहरीले तामिल सांसद सेल्भाराजा काजेन्द्रनलाई पक्राउ गरेको छ । अल्पसंख्यक समुदायका अभियन्ता तथा अलगाववादी विद्रोही समूहका नेताको स्मृति कार्यक्रममा सहभागी भएको भन्दै तामिल सांसद सेल्भाराजा काजेन्द्रन बिहीबार पक्राउ परेका हुन् ।

श्रीलंकामा विद्रोही नेताको स्मृति सभामा सामेल भएको भन्दै तामिल सांसद पक्राउ

राष्ट्रपति गोताबाया राजापाक्षले जातीय समूहहरुबीच मेलमिलापको आह्वान गरेको केही घण्टामै सांसद सेल्भाराजा पक्राउ परेका हुन् । तामिल प्रभावित क्षेत्रको रुपमा चिनिने उत्तरी जाफनास्थित प्रहरीले उनलाई पक्राउ गरेको थियो । ४६ वर्षीय काजेन्द्रनलाई प्रहरीले पक्राउ गरी भ्यानमा राख्दै गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।

घटनापछि उनको पार्टीले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । तर श्रीलंकाको मुख्य तामिल नेश्नल एलायन्स (टीएनए)ले पक्राउको विरोध जनाएको छ । राष्ट्रपति राजापाक्षले संयुक्त राष्ट्रसंघको महासभामा तामिल विद्रोहका कारण सम्बोधन गर्ने भन्दै अभिव्यक्ति दिएको केही घण्टामै श्रीलंकामा काजेन्द्रन पक्राउ परेका हुन् ।

श्रीलंकामा तत्कालीन तामिल टाइगरको विद्रोह नियन्त्रण गर्ने मुख्य भूमिकामा राजापाक्ष प्रमुख अधिकारी थिए । तामिल विद्रोहको क्रममा तत्कालीन सरकारी फौजविरुद्ध ४० हजार तामिल मारिएको आरोपसमेत छ ।

प्रकाशित : आश्विन ८, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?