कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतको रोहिणी अदालतमा गोली प्रहार, ग्याङस्टार गोगीसहित तीन मारिए

नयाँदिल्ली — भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जना मारिएका छन् । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको रोहिणी अदालतमा गोली प्रहार, ग्याङस्टार गोगीसहित तीन मारिए

अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो । घटनास्थलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा देखिएअनुसार गोली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए ।

सुरक्षाकर्मीको गोली प्रहारबाट बन्दुकधारी मारिनुअघि गोगीमाथि तीन पटकसम्म गोली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ । एनडिटिभीका अनुसार घटनापछि अस्पतालमा गोगीको मृत्युको घोषणा गरिएको थियो । घटनामा अरु थुप्रै घाइते भएका छन् । उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ । उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै घटनास्थलबाट दुई बालबालिका सुरक्षित स्थानतर्फ भागेको भिडियोको दृश्यमा देखिन्छ ।

गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको हत्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो । शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन् ।

प्रकाशित : आश्विन ८, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?