कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

चीनमा १४ वर्षमुनिका प्रयोगकर्ताले दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने

काठमाडौँ — चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनको ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गरेको हो ।

चीनमा १४ वर्षमुनिका प्रयोगकर्ताले दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने

टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ । साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

वास्तविक नामबिना बनाइने टिकटकमाथि कसरी निगरानी गरिन्छ भन्नेबारे भने केही खुलाइएको छैन । कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।

त्यस्तै तियानमेन स्क्वायर, जिन्जियाङ उइघुर मुस्लिमलगायतका राजनीतिक रूपले संवदेनशील विषयमा बनाइने भिडियोमाथि पनि कडा निगरानी राखिने र उक्त सामग्री तुरुन्त हटाइनेछ ।

सीएनबीसीका अनुसार चीनमा करिब ६० करोड टिकटक प्रयोगकर्ता रहेका छन् । बाइटडान्स चीनको सीईओ केली चाङका अनुसार गत वर्ष २ करोड २० लाखभन्दा बढी प्रयोगकर्ताले आफ्ना भिडियो सामग्रीमार्फत झन्डै ४१ बिलियन युआन कमाएका थिए ।

पछिल्लो समय युवा पुस्तामाझ टिकटक एप निकै लोकप्रिय बनिरहेको छ । त्यस्तै सञ्चारमाध्यम, व्यावसायिक कम्पनी र सेलेब्रिटीहरूले समेत टिकटकमार्फत आफ्ना सामग्री प्रवद्र्धन गर्दै आएका छन् ।

प्रकाशित : आश्विन ५, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?