कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

रुसी विश्वविद्यालयमा गोली चल्यो : ८ जनाको मृत्यु

काठमाडौँ — रुसको एउटा विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ ।

रुसी विश्वविद्यालयमा गोली चल्यो : ८ जनाको मृत्यु

पर्म शहरको पर्म स्टेट युनिभर्सिटीममा चलेको गोलीबारीमा ८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न बनेको कमिटीका अनुसार विश्वविद्यालयकै एक जना विद्यार्थीले गोली चलाएका हुन् । घटनास्थल राजधानी मस्कोबाट करिब १३०० किलोमिटरको दूरीमा रहेका छन् ।

आक्रमणकारीको पहिचान भएको र नियन्त्रणमा लिने क्रममा घाइते भएको तासले जनाएको छ । आक्रमणपछि विश्वविद्यालयभित्र रहेका विद्यार्थी र अध्यापकहरू भवनभित्रै रहेका थिए भने केही विद्यार्थी झ्यालबाट हाम फालेका थिए ।

प्रकाशित : आश्विन ४, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?