कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सहारा क्षेत्रका आईएस नेता सहरावी मारिए : फ्रान्सेली राष्ट्रपति म्याक्रों

काठमाडौँ — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इस्लामिक स्टेट(आईएस) का सहारा क्षेत्रका प्रमुख नेता मारिएको बताएका छन् ।

सहारा क्षेत्रका आईएस नेता सहरावी मारिए : फ्रान्सेली राष्ट्रपति म्याक्रों

इस्लामिक स्टेट ग्रेटर सहारा(आईएसजीएस) का शीर्ष नेता अदनान अबु वालिद अल सहरावी फ्रान्सेली सेनाको कारबाहीमा मारिएको राष्ट्रपति म्याक्रोंले जनाएका छन् । सहारा क्षेत्रमा उक्त समूहले लगातार आक्रमण गरिरहेको थियो । सन् २०२० मा फ्रान्सेली सहायताकर्मीको हत्यामा पनि उक्त समूहको संलग्नता रहेको थियो ।

राष्ट्रपति म्याक्रोंले आतंकवादविरुद्ध ठूलो जित हात लागेको प्रतिक्रिया दिएका छन् । गत अगस्टमा सहरावीले ६ जना फ्रान्सेली नागरिकको हत्या गर्न निर्देशन दिएको पनि उनले बताएका छन् । उक्त समूह सन् २०१७ मा नाइजरमा अमेरिकी सेना र सन् २०१९ मा नाइजर र मालीमा भएको आक्रमणमा समेत संलग्न रहेको बताइएको छ ।

माली, नाइजर र चाडको साहेल क्षेत्रमा सहरावी नेतृत्वको आईएसको प्रभाव रहँदै आएको छ । साहेल क्षेत्र करिब ३० लाख वर्ग किलोमिटरमा फैलिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?