लामो दूरीको ‘क्रुज मिसाइल’को सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाडौँ — उत्तर कोरियाले लामो दूरीमा प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उक्त मिसाइल नयाँ प्रकारको भएको दाबी गरिएको छ । 

लामो दूरीको ‘क्रुज मिसाइल’को सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी

शनिबार र आइतबार गरी दुई पटक उक्त मिसाइलको परीक्षण गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ लिएका बेला उत्तर कोरियाले गत जनवरीमा क्रुज मिसाइलको परीक्षण गरेको थियो । उक्त मिसाइल ‘रणनीतिक हिसाबले महत्त्वपूर्ण र १५ किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्ने’ किसिमको रहेको केसीएनएको दाबी छ ।

उक्त परीक्षण उत्तर कोरियाको द एकेडमी अफ डिफेन्स साइन्सले गरेको हो । परीक्षण कार्यक्रममा उत्तर कोरियाली वर्कर्स पार्टीको केन्द्रीय कमिटीका सचिव पार्क जोङ चोनलगायतका पदाधिकारी सहभागी थिए ।

उत्तर कोरियाले आफ्नो ब्यालिस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ । अमेरिका, जापान र दक्षिण कोरियाबीच टोकियोमा महत्त्वपूर्ण वार्ता हुन लागेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गर्नुलाई चासोका साथ हेरिएको छ । तीन देशबीच लामो समयदेखि उत्तर कोरियासँगको सम्बन्धका बारेमा वार्ता हुन लागेको हो ।

प्रकाशित : भाद्र २८, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?