१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पेरु माओवादी आन्दोलनका नेता गोन्जालोको निधन

रोयटर्स

पेरु — पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ ।

पेरु माओवादी आन्दोलनका नेता गोन्जालोको निधन

लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् ।

दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालो विगत २९ वर्षदेखि बन्दीजीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो । थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो ।

प्रकाशित : भाद्र २७, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?