गुजरातका मुख्यमन्त्री रुपाणीले दिए राजीनामा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुजरातका मुख्यमन्त्री रुपाणीले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका छन् । विधानसभाको चुनावअघि उनले पदबाट राजीनामा दिएका हुन् ।

सन् २०२२ डिसेम्बरमा चुनाव हुने कार्यतालिका रहेको छ । गुजरात विधानसभा १ सय ८२ सदस्यीय छ । ६५ वर्षीय रुपाणी सन् २०१७ डिसेम्बरमा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए ।

राज्यपालसँगको भेटपछि मुख्यमन्त्री रुपाणीले राजीनामा दिएको जानकारी सञ्चारकर्मीहरुलाई दिएका थिए । आफूजस्तो सामान्य कार्यकर्तालाई मुख्यमन्त्रीको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकोमा भारतीय जनता पार्टीलाई धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गनिर्देशनमा आफूले राज्य सरकार सञ्चालन गरेको बताए । उनले अब पार्टी राजनीतिमा सक्रिय हुने पनि बताएका छन् । अर्को वर्षको डिसेम्बरमा हुने विधानसभा चुनाव प्रधानमन्त्री मोदीको नेतृत्वमा लड्ने घोषणा उनले गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा ७७७ जना कोरोना संक्रमित थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ७७७ जनामा कोरोना संक्रमण देखिएको छ । ६ हजार १३७ जनाको पीसीआर परीक्षण गर्दा ७७७जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । फाइल तस्बिरः कान्तिपुर

यस्तै, ३ हजार ७०३ एन्टिजेन परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७६ हजार ३२५ जनामा संक्रमण भएको छ भने ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । यस्तै,कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

प्रकाशित : भाद्र २६, २०७८ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×