तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहको भाइको हत्या- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहको भाइको हत्या

कान्तिपुर संवाददाता

काठमाडौँ — तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । सालेहको परिवारले समाचार संस्था रोयटर्सलाई सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सूचना दिएको हो ।

सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् । रोयटर्सलाई पठाएको सन्देशमा उनले भनेका छन्, ‘तालिबानले हिजो उनको हत्या गरेका छन् । उनीहरुले हामीलाई अन्तिम संस्कार गर्न पनि दिएका छैन्न । उनीहरुले शव त्यसै सडोस् भनेका छन् । ’

तालिबान सूचना सेवाको उर्दू भाषाको एकाउन्टमा पंजशीर उपत्यकामा भएको संर्घषका बीच मारिएको बताइएको छ । कुनै समय पश्चिमा देशहरूको समर्थन प्राप्त गरेका उपराष्ट्रपति सालेहको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । तालिबानले भने पंजशीर उपत्यका पूर्ण रूपमा कब्जामा लिएपछि सालेह भागेको दाबी गर्दै आएको छ । अफगानिस्तानको नेसनल रेसिस्टेन्स फ्रन्टले तालिबानविरुद्ध केही दिन संघर्ष जारी राखे पनि हार बेहोर्‍यो ।

हारका बाबजुद फ्रन्टका नेता अहमद मसूदले राजधानी बजारकमा तालिबानविरुद्ध संघर्ष जारी राख्ने संकल्प गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

यूएस ओपन फाइनलमा जोकोभिचको प्रतिद्वन्द्वी मेडभेडेभ

एजेन्सी

न्युयोर्क — विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले शनिबार यूएस ओपनको फाइनल यात्रा तय गरेका छन् । उपाधि भिडन्तमा उनको सामना डानिल मेडभेडेभसँग हुनेछ । पाँच सेटको रोमाञ्चक सेमिफाइनलमा जोकोभिचले एलेक्जान्डर जेभरेभलाई ४–६, ६–२, ६–६, ४–६ र ६–२ ले पराजित गरे ।

यस जितपछि जोकोभिचले एक वर्षका सबै चार ग्रान्ड स्लाम जित्ने सम्भावना कायम राख्यो । यस्तै उनी कीर्तिमान २१ औं ग्रान्ड स्लाम जित्ने संघारमा पनि पुगेका छन् । यसअघि प्रतियोगिताको दोस्रो सेमिफाइनलमा रुसका मेडभेडेभले क्यानाडाका फेलिक्स अगुरलाई ६–४, ७–५ र ६–२ ले हराएका थिए ।

फाइनल आइतबार हुनेछ र त्यसमा जित निकाल्न सके जोकोभिचले रोजर फेडेरर तथा राफेल नाडाललाई उछिनेर सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी हुनेछन् । यस खेललाई लिएर जोकोभिचले भनेका छन्, ‘यो खेललाई म आफ्नो जीवनको अन्तिम प्रतिस्पर्धाका रूपमा खेल्नेछु । यसमा मैले सक्दो मिहिनेत गर्नेछु ।’

प्रकाशित : भाद्र २६, २०७८ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×