मध्यरातमा उत्तर कोरियाको सैन्य परेड, यसवर्ष सार्वजनिक गरेन कुनै क्षेप्यास्त्र

इकान्तिपुर डेस्क

काठमाडौँ — उत्तर कोरियाले आफ्नो ७३ औं स्थापना दिवसको अवसर पारेर मध्यरातमा सैन्य परेड गर्‍यो । सैन्य परेडमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको पनि उपस्थिति रह्यो । किम सुङ स्क्‍वाएरमा आयोजित सैन्य परेडमा किमले हात हल्लाउँदै अभिवादन गरेका थिए तर कुनै मन्तव्य राखेनन् । 

मध्यरातमा उत्तर कोरियाको सैन्य परेड, यसवर्ष सार्वजनिक गरेन कुनै क्षेप्यास्त्र

कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले सार्वजनिक गरेको भिडियो फुटेजमा कोरियाली शासकको तौल निकै घटेको देखिन्थ्यो ।

७३औं स्थापना दिवसको अवसर पारेर बिहीबार राति आयोजित सैन्य परेड फरक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । परेडमा किमकी दिदी र उच्च सरकारी अधिकारी किम यो जोङको बारेमा केही उल्लेख गरिएको थिएन ।

अमेरिकामा जो बाइडेन राष्ट्रपति भएयता उत्तरको यो तेस्रो सैन्य परेड हो । यो परेड विश्लेषकहरुले सोचेभन्दा फरक रह्यो । विश्लेषकहरुले उत्तर कोरियाले विगत जसरी नै मिलिटेरी परेडमा नयाँ सैन्य हतियार सार्वजनिक गर्न सक्ने अपेक्षा गरेका थिए । तर अनुमानविपरीत उत्तरले परम्परागत रुपको सैन्य परेड गर्दै घोडा, तोप, फायर ट्रकहरु उतारेको थियो ।

केसीएनएले सार्वजनिक गरेको भिडियोमा घोडा, कुकुर र सामान्य किसिमका गाडीहरुमा सैनिकहरुले मार्च पास गरेका थिए ।

गत जनवरीको सैन्य परेडमा उत्तरले नयाँ प्रकारको 'पनडुब्बीबाट प्रहार गर्न मिल्ने ब्लास्टिक क्षेप्यास्त्र' सार्वजनिक गरेको थियो । त्यसअघिको अक्टोबरमा आयोजित परेडमा विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको ब्लास्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो ।

केसीएनएले उपकरण र क्षेप्यास्त्रभन्दा पिपुल्स आर्मीको संख्या बढाउनका लागि उत्तर कोरिया लागि परेको जनाएको छ ।

परेडमा राजधानीमा प्योङयाङको आकाशमा जेट तथा प्लेनहरु भने उडाइएको थियो । यस्तै, परेडमा सुन्तला रंगको लुगा लगाएर ग्यासको मास्कसहित उपस्थित भएका कोभिड फाइटरहरुको परेड समेत भएको थियो ।

प्रकाशित : भाद्र २४, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?