१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गद्दाफीका छोरा रिहा भए

रोयटर्स

कायरो — लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा रिहा भएका छन् । समाचार एजेन्सी रोयर्टसका अनुसार अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएका छन् । 

गद्दाफीका छोरा रिहा भए

रिहा हुने बित्तिकै अल शादीलाई टर्की इस्तानबुलतर्फ पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सहयोग प्राप्त गरेको विद्रोहीहरुले मुअमार गद्दाफीलाई अपदस्थ गरेका थिए । त्यसलगत्तै अल शादी छिमेकी देश नाइजरतर्फ भागेका थिए । सन् २०१४ मा अल शादीलाई लिबियामा सुपुर्दगी गरिएको थियो । त्यसपछि उनलाई त्रिपोलीको जेलमा राखिएको थियो ।

गद्दाफीलाई सत्ताच्युत गरेपछिको लिबियामा शान्ति स्थापना हुन सकेको छैन । मार्च महिनामा गठन गरिएको राष्ट्रिय सहमतिको सरकारले डिसेम्बरमा निर्वाचन गर्ने योजना बनाएको छ । अल शादीको रिहाईलाई पनि लिबियामा स्थायित्व दिने योजनाको अंशको रुपमा हेरिएको छ ।

गद्दाफीको शासनमा उनको ८ सन्तानको महत्वपूर्ण भूमिका थियो । सन् २०११ को आन्दोलनको समयमा अल शादीले एउटा विशेष युनिटको नेतृत्व गर्दथे । जसले आन्दोलनकारी तथा विद्रोहीमाथि दमन गर्न भूमिका निर्वाह गरेको थियो ।


प्रकाशित : भाद्र २१, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?