विश्व

राष्ट्रपति सीले भने- 'बीआरआई साझेदारको व्यवसाय विस्तारमा चीनको समर्थन'

यस वर्षको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला शुक्रबारदेखि बेइजिङमा सुरू भएको छ । सेप्टेम्बर ७ तारिखसम्म चल्ने ५ दिने मेलामा नेपालका तर्फबाट बेइजिङस्थित व्यापारीहरूले सहभागिता जनाएका छन् ।

अफगानिस्तानमा अमेरिकाको २० वर्ष, उपलब्धि शून्य : चीन

चीनले अफगानिस्तानमा अमेरिका लोकतन्त्र स्थापना गर्न असफल भएको आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइको समर्थन गर्दै चिनियाँ विदेश मन्त्रालयले अफगानिस्तानमा अमेरिकाको २० वर्षे लामो अभियानका बाबजुद परिणाम ‘शून्य’ भएको बताएको हो ।

जापानी प्रधानमन्त्री सुगाले राजीनामा दिँदै

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने भएका छन् । त्यस्तै उनी सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् । 

भाद्र १७, २०७८

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । 

भाद्र १६, २०७८

काबुलमा रहेको जापानी दूतावास कतार सार्ने तयारी

जापान सरकारले अफगानिस्तानको राजधानी काबुलमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको ठहर गर्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ ।

तालिबानले भन्यो : ३ दिनमा नयाँ सरकार बन्छ, महिलालाई सहभागी गराइन्छ

तालिबानले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गर्ने भएको छ । कतारमा रहेको तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता टोलीका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले तीन दिनभित्र अफगानिस्तानमा नयाँ सरकार बन्ने बताएका हुन् ।

भाद्र १५, २०७८

काबुलस्थित अमेरिकी दूतावास बन्द

अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

अफगानिस्तानबाट २० वर्षे युद्ध टुंग्याउँदै फर्कियो अमेरिका

अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो ।

भाद्र १४, २०७८

तालिबानका शीर्ष नेता मुल्लाह हिब्तुल्लाह सार्वजनिक हुने

तालिबानका शीर्ष नेता मुल्लाह हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने भएका छन् । बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो ।

काबुल विमानस्थलमा विस्फोट गराउनेविरुद्ध कारबाही जारी रहन्छ : अमेरिका

अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट–खुरासान(आईएस–के) माथिको कारबाहीलाई निरन्तरता दिने बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणपछि आईएस–केमाथिको कारबाही जारी रहने बताएका हुन् । 

खोप लगाएका पर्यटकलाई यूएईले यात्रा अनुमति दिने

यूएईले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि  भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी-२०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।