कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

काबुल विमानस्थलमा विस्फोट गराउनेविरुद्ध कारबाही जारी रहन्छ : अमेरिका

एजेन्सी

वासिङ्टन — अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट–खुरासान(आईएस–के) माथिको कारबाहीलाई निरन्तरता दिने बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणपछि आईएस–केमाथिको कारबाही जारी रहने बताएका हुन् । 

काबुल विमानस्थलमा विस्फोट गराउनेविरुद्ध कारबाही जारी रहन्छ : अमेरिका

आइतबार सीबीएस न्युजसँगको कुराकानीमा उनले अमेरिकाले अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न नचाहेको भए पनि अमेरिकी सैनिकमाथि आक्रमण गर्नेविरुद्ध भने कारबाही गर्ने बताएका हुन् । बिहीबार आईएस–के ले गराएको विस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएका थिए । उक्त विस्फोटमा १७० भन्दा अफगानी सर्वसाधारण मारिएको बताइएको छ । त्यसपछि अमेरिकाले शनिबार नाङ्गाहार प्रान्तमा आईएस–केलक्षित हवाई आक्रमण गरेको थियो ।

सुरक्षा सल्लाहकार सुलिभान भन्छन्, ‘राष्ट्रपति अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न चाहनुहुन्न । तर हाम्रा सैनिकमाथि आक्रमण गर्नेविरुद्धको कारबाहीका लागि के कस्तो सहयोग चाहिन्छ भनेर हामीले कमान्डरहरुसँग कुराकानी गरिरहेका छौं ।’ उनले काबुल विमानस्थलमा बम विस्फोट गराउने आईएस–केलाई समाप्त पार्न कदम चालिने पनि बताएका छन् ।

अफगानिस्तानका पूर्वमन्त्री जो जर्मनीमा फूड डेलिभरी गर्छन्

त्यस्तै उनले अफगानिस्तानमा आक्रमणको सम्भावित खतराको आकलनमा पनि आफूहरु ‘एकदमै नजिक’ पुगेको बताएका छन् । हाम्रा जासुसी संस्थाहरुका अनुसार अफगानिस्तानका आतंकवादी संगठन बाहिर कुनै पनि गतिविधि गर्ने क्षमता राख्दैनन्, तर यो क्षमता उनीहरुले विकास भने गर्न सक्छन् ।’

यसअघि आइतबार काबुल विमानस्थलमा आक्रमणका लागि गइरहेका एक आक्रमणकारीलाई ड्रोनमार्फत कारबाही गरिएको अमेरिकी अधिकारीयले जानकारी दिएका थिए । अमेरिकी सैन्य अधिकारीका अनुसार आक्रमणको योजनाकार उक्त कारबाहीमा मारिएका छन् । गाडीमा भएको विस्फोटका अनुसार गाडीभित्र भारी मात्रामा विस्फोटक पदार्थ रहेको पनि उनीहरुले बताएका छन् ।

प्रकाशित : भाद्र १४, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?