१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको रकम रोक्का

रोयटर्स

काठमाडौँ — अमेरिकाले अफगानिस्तानको केन्द्रीय  बैंकको नाममा अमेरिकामा रहेको ९ अर्ब ५० करोड बराबरको सम्पत्तिलाई तालिवानको पहुँचमा पुग्न नदिने भएको छ । अमेरिकी अधिकारीका अनुसार अफगान सरकारको स्वामित्व रहेको सम्पत्ति हाललाई तालिवानलाई नदिने निर्णय भएको बताएको अरबी सञ्चार माध्यम अलजजिराले उल्लेख गरेको छ ।

अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको रकम रोक्का

अफगानिस्तानको केन्द्रीय बैंक 'दा अफगान बैंक' (डीएबी)का निमित्त प्रमुख अजमल अहमादीले सोमबार ट्वीटमार्फत अमेरिकाबाट अफगानिस्तानमा अब कुनै डलर प्राप्त नहुने बताएका थिए ।

डीएबीको न्यूयोर्क फेडेरल रिजर्भ तथा अमेरिकामा रहेका केही आर्थिक संस्थामा गरी ९ अर्ब ५० करोड डलर रहेको छ । अमेरिकाले प्रतिबन्ध लगाएसँगै डीएबी बैंकको देश बाहिर रहेको रकममा तालिवानको पहुँच नहुने देखिएको छ ।

तालिवानले शनिबार एक विज्ञप्ती जारी गर्दै देशको कोष, सार्वजनिक सुविधा तथा सरकारी कार्यालयहरु देशको सम्पत्ति भएकोले त्यसको सुरक्षा आफ्नो जिम्मेवारी रहेको बताएको थियो ।

डीएबीसँग रहेको सम्पत्तिमध्ये करिब १ अर्ब ३० करोड बराबर सुन तथा ३६ करोड बराबर विदेशी मुद्रा रहेको छ । यसको अधिकांस हिस्सा देश बाहिर नै सञ्चित रहेको छ । अधिकांस विकासोन्मुख देशका केन्द्रीय बैंकले आफ्नो सम्पत्ति फेडेरल रिजर्भ बैंक अफ न्यूयोर्क वा बैंक अफ इंग्ल्याण्डमा राख्ने गर्छन् । अफगानिस्तानको केन्द्रीय बैंकसँग रहेको करिब १ अर्ब ३० करोड डलर बराबरको सुन पनि अमेरिकी बैंकमा नै रहेको छ ।

डीएबी बैंकले गत जुन महिनाको प्रकाशित गरेको स्टेटमेन्ट अनुसार बैंकले करिब ६ अर्ब डलर बराबरको लगानी समेत गरेको छ । तर, लगानीको विस्तृत विवरण भने खुलाइएको छैन ।

यूनिस्कोका अनुसार अफगानिस्तानको केन्द्रीय बैंकको भल्टमा दुई हजार वर्ष पुराना 'ब्याक्ट्रियन खजाना' नाम दिइएको सुनका गरगहना र सिक्काहरु समेत रहेको छ । सन् २००३ सम्म हराएको ठानिएका २१ हजार पुराना कलाकृतिहरु पनि बैंकको गोप्य भल्टभित्र सुरक्षित रहेको पाइएको थियो । जसको बारेमा पूर्व तालिवान सत्ताले समेत पत्ता लगाउन सकेको थिएन ।

प्रकाशित : भाद्र २, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?