बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाए 'कोब्रा मिटिङ'


काठमाडौँ — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले 'कोब्रा मिटिङ' बोलाएका छन् । अफगानिस्तानको पछिल्लो अवस्था झन् खराब बन्दै गएको भन्दै जोन्सनले आइतबार अपराह्न कोब्रा मिटिङ बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


कोब्रा एक आपत्कालीन प्रतिक्रिया समिति हो । यो समितिमा बेलायती सरकारका मन्त्रीहरु,सरकारी कर्मचारी र छलफल गर्न खोजिएको विषयसँग सम्बन्धित व्यक्ति सामेल हुन्छन् ।
यस्तै, बेलायती संसद् अगस्ट १८ का लागि बोलाइएको त्यहाँको हाउस अफ कमन्सले जनाएको छ ।
यसैबीच, अमेरिकाले तालिवानी समूहले आफ्नो दूतावास खाली गर्दा तालिवान समूहले प्रभावित नगरेसम्म आफ्नो सैन्य रणनीतिमा कुनै परिवर्तन नगर्ने जनाएको छ । एक जना अधिकारीको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ,'तालिवानले हामीलाई प्रभावित नगरेसम्म काबुलमा हाम्रो सैन्य रणनीतिमा कुनै परिवर्तन गर्ने सम्भावना छैन ।' ती अधिकारीले दाबी गरे अनुसार अमेरिकाले तालिवान समूहलाई काबुलमा प्रवेश गरेको देखेको छैन ।
सम्बन्धित समाचारहरु :
- अफगान राष्ट्रपति घानीले देश छाडे
- अफगानिस्तानमा रहेका नेपालीको उद्धार संयोजनका लागि समिति गठन
- को-को हुन् तालिवानका मुख्य नेताहरू ?
- २० वर्षमा तालिवानसँगै काबुल फर्कंदै त्रास