२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अफगान राष्ट्रपति घानीले देश छाडे

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवान समूहले काबुललाई पनि नियन्त्रणमा लिनु पूर्व उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।

अफगान राष्ट्रपति घानीले देश छाडे

उनी देश छाडेर ताजकिस्तानतर्फ गएका रिपोर्टहरु सार्वजनिक भएको बीबीसीले जनाएको छ । उनीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेह पनि देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।

तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।

यसैबीच, तालिबानका एक प्रवक्ताले काबुलमा हुन सक्ने लुटपाटका घटनाहरु नियन्त्रणका लागि आफ्ना फाइटरहरु त्यसतर्फ पठाएको उल्लेख गरेका छन् । काबुलमा रहेका सुरक्षा अधिकारीहरु भाग्ने क्रम बढेपछि त्यहाँ हुन सक्ने दंगा तथा लुटपाट नियन्त्रणका लागि तालिबानी सुरक्षाकर्मीहरु त्यसतर्फ पठाइएको बताइएको छ ।

सम्बन्धित समाचारहरु :

प्रकाशित : श्रावण ३१, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?