कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कु’ मार्फत सत्ता हत्याएका म्यानमारका सेना प्रमुखले आफैलाई प्रधानमन्त्री घोषित गरे

२ वर्ष संकटकाल थप्ने तयारी
इकान्तिपुर डेस्क

काठमाडौँ — ‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् ।

‘कु’ मार्फत सत्ता हत्याएका म्यानमारका सेना प्रमुखले आफैलाई प्रधानमन्त्री घोषित गरे

यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो । सेना प्रमुख ह्लाइङले म्यानमारमा २ वर्ष संकटकाल थप्ने संकेत पनि गरेका छन् । सन् २०२३ को अगस्टसम्म संकटकाल थप्ने म्यानमार सेनाको योजना रहेको बुझिएको छ ।

आइतबार सरकारी टेलिभिजनमार्फत करिब एक घण्टा सम्बोधन गरेका सेना प्रमुख ह्लाइङलले ‘स्वतन्त्र तथा निष्पक्ष बहुदलीय चुनाव’ गराउने ‘वाचा’ पनि गरेका छन् । उनले जनताबाट चुनिएर आएका एनएलडीका नेताहरूलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । साथै एनएलडी समर्थकलाई उनले ‘उग्रवादी’ बताएका छन् । गत फेब्रुअरी १ गिरफ्तार गरिएकी नेतृ सुकीमाथि सेनाले विभिन्न मुद्दा चलाएको छ ।

फाइल तस्बिर : रोयटर्स

सेनाको कुविरुद्ध भएको प्रदर्शनमा सयौं प्रदर्शनकारीको मृत्यु पनि भएको थियो । विश्वभरबाट म्यानमारमा प्रजातन्त्र बहालीका लागि आग्रह गरिए पनि सेनाले मानेको छैन । पछिल्लो समय म्यानमा कोरोना संक्रमण पनि बढिरहेको छ । सेना प्रमुख ह्लाइङले विरोधीहरूले ‘जानीजानी कोरोना फैलाएको’ आरोपसमेत लगाउन भ्याए ।

उनी 'कु'पछि गठन गरिएको संयन्त्र राज्य प्रशासन परिषद्(एसएसी) का अध्यक्षसमेत हुन् । अब कामचलाउ सरकार गठन भएपछि त्यो संयन्त्र नरहने बताइएको छ । राज्य प्रशासनलाई चुस्त बनाउन कामचलाउ सरकार गठन गरिएको सेनाले दाबी गरेको छ । सेना प्रमुख ह्लाइङले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ‘आसियान’ ले तोकेका कुनै विशेष दूतसँग काम गर्न तयार रहेको बताएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १८, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?