अलास्कामा शक्तिशाली भूकम्प

सुनामीको चेतावनी
एएनआई 

भर्जिनिया — अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लेमा ८.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

अलास्कामा शक्तिशाली भूकम्प

स्थानीय समयानुसार दिउँसो २.१५ बजे उक्त भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

उक्त भूकम्पपछि अमेरिकी मौसम सेवाले आसपासका क्षेत्रहरुमा सुनामी आउन सक्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित : श्रावण १४, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?