उत्तर र दक्षिण कोरियाबीचको हटलाइन पुन: सुरु

एजेन्सी

सोल — उत्तर र दक्षिण कोरियाबीच पुन: हटलाइन सुरु भएको छ । उत्तर कोरियाले गत वर्षको जुन महिनामा दुई देशबीचको हटलाइन बन्द गरेको थियो ।

उत्तर र दक्षिण कोरियाबीचको हटलाइन पुन: सुरु

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका अनुसार दुई देशबीच पुन: आपसी विश्वास बढाउन र सम्बन्ध सुधार्न हटलाइन सुरु गरिएको हो । राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखबीच अप्रिलयता कैयौं पटक पत्र आदान–प्रदान भएको छ । एउटा बैठक असफल भएपछि दुई मुलुकबीच सम्बन्ध बिग्रिएको थियो ।

उत्तर र दक्षिण कोरियाली सीमामा रहेको गैरसैन्य क्षेत्र । फाइल तस्बिर : रोयटर्स

त्यसपछि सन् २०२० को जुनमा उत्तर कोरियाली एकतर्फी रुपमा हटलाइन बन्द गर्ने घोषणा गरेको थियो । दुई देबशीच सन् २०१८ देखि सम्बन्ध सुधारका लागि विभिन्न प्रयास भए पनि त्यसले ठोस रुप भने लिन सकेको छैन ।

यसबीचमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनबीच तीन पटक वार्ता भइसकेको छ । किम र तत्कालीन अमेरिकी राष्ट्रपतिबीचको वार्ता असफल भएपछि उत्तरको दक्षिण कोरियासँग पनि सम्बन्ध बिग्रिएको थियो ।

प्रकाशित : श्रावण १२, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?