३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोभ्याक्स कार्यक्रमलाई सिनोफार्म र सिनोभ्याकले ५५ करोड मात्रा खोप उपलब्ध गराउने

रासस, सिन्ह्वा

बेइजिङ — कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप परियोजनामा दुई चिनियाँ औषधि निर्माता कम्पनी संलग्न हुने भएका छन् । उक्त परियोजनालाई सिनोफार्मले १७ करोड र सिनोभ्याक्सले ३८ करोड गरी ५५ करोड मात्रा खोप उपलब्ध गराउने भएका हुन् ।

कोभ्याक्स कार्यक्रमलाई सिनोफार्म र सिनोभ्याकले ५५ करोड मात्रा खोप उपलब्ध गराउने

सिनोफार्म र सिनोभ्याकले कोभिड–१९ खोप कार्यान्वयन योजना (कोभ्याक्स)सँग छुट्टाछुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेको सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन् ।

उक्त सन्धिअनुसार विकासोन्मुख देशमा कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाईदेखि कोभ्याक्सलाई खोप आपूर्ति गर्न थालेका छन् । जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको कोभ्याक्स खोप अभियानको मुख्य सहयोगी संस्था गाभी(ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन)ले बताएको छ ।

कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सनलगायत विश्वका ११ खोप कम्पनी जोडिएका छन् ।

सहमतिले डेल्टा भेरियन्टजस्ता कोभिडका नयाँ रूपले विश्व स्वास्थ्य प्रणालीमा सिर्जना गरेको जोखिमलाई नियन्त्रण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ । चीनमा निर्मित दुई खोप सिनोफार्म र सिनोभ्याक्सले तत्कालै एक करोड १० लाख खोप कोभ्याक्स खोप अभियानलाई दिनेछन् भने यसलाई बिस्तारै थप गर्दै जाने सहमति पनि भएको छ ।

प्रकाशित : असार २९, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?