भारतको केरलामा भेटियो जिका भाइरस

काठमाडौँ — भारतको केरलामा जिका भाइरस भेटिएको छ । भाइरस भेटिएपछि केरला राज्यका स्वास्थ्य अधिकारीहरुले त्यहाँका सबै जिल्लाहरुमा सतर्क रहन आग्रह गरेका छन् । केरलाका १४ जना मानिसमा जिका संक्रमण भेटिएको छ । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ ।

भारतको केरलामा भेटियो जिका भाइरस

केरलाकी स्वास्थ्यमन्त्री भिना जर्जले केरलाको त्रिवेन्द्रम(तिरुवनन्तपुरम) मा संक्रमण भेटिएको पुष्टि गरेकी छन् । सन् २०१६–२०१७ मा गुजरातमा जिका प्रकोपको रुपमा फैलिएको थियो ।

जर्जका अनुसार पहिलो पटक तामिलनाडुकी २४ वर्षीया गर्भवती महिलामा यो भाइरस देखिएको हो । ज्वरो, टाउको दुख्ने तथा रातो बिबिरा आउने लक्षणसहित उनी त्रिवेन्द्रमको अस्पतालमा जुन २८ मा भर्ना भएकी थिइन् । उनले बुधबार बच्चा पनि जन्माइन् ।

जर्जले उनको अवस्था सामान्य रहेको, डेलिभरी पनि समान्य अवस्थामा नै भएको बताउँदै राज्य बाहिर उनको कुनै ट्राभल हिस्ट्री नरहेको जनाइन् । मनसुन सँगै लामखुट्टेको संख्या पनि बढ्दै गएकाले सतर्कता अपनाउन उनले आग्रह गरिन् ।

केरलाका स्वास्थ्य सचिव डा. राज खोब्रागेडले संक्रमण देखिएका ठाउँहरुमा उच्च निगरानी बढाएको भन्दै मानिसहरुलाई यसप्रति सजग रहन आग्रह गरेका छन् ।

प्रकाशित : असार २५, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?