फ्रान्सको क्षेत्रीय निर्वाचनमा इतिहासकै सबैभन्दा कम मतदान

ददि सापकोटा

पेरिस — फ्रान्समा आइतबार भएको क्षेत्रीय र विभागीय (डिपार्मेन्टल) तहको पहिलो चरणको निर्वाचनमा ऐतिहासिक रुपमै कम मतदान भएको छ । यो निर्वाचनमा ६८ प्रतिशतले मतदान गरेनन् ।

फ्रान्सको क्षेत्रीय निर्वाचनमा इतिहासकै सबैभन्दा कम मतदान

खसेको मत मध्येपनि परम्परागत पार्टीहरुलाई पछि पार्दै रिपब्लिकन र अन्य विभिन्न दक्षिणपन्थी पार्टीहरु राष्ट्रिय तहको नेतृत्वमा देखा परेका छन् ।

फ्रान्समा आइतबार भएको मतदानमा ६८ प्रतिशतले भाग लिएनन् । सन् १९८६ मा पहिलो क्षेत्रीय र विभागीय निर्वाचनपछि हाल सबैभन्दा कम मतदान भएको हो । सन् २०१० को निर्वाचनमा ५०‍.०९ प्रतिशतले मतदान गरेका थिए ।

क्षेत्रहरु(यातायात, उच्च माध्यमिक विद्यालय, व्यावसायिक प्रशिक्षण, श्रम ऐन आदि) र विभागहरु (कलेज, दैनिक जीवनयापनको भत्ता, सामाजिक सहायता, आदि) मा बदलिएको र त्यसले फ्रान्सेलीको दैनिक जीवनलाई निकै प्रभावित गराएकाले निर्वाचनमा निराशा उत्पन्न भएको फ्रान्सेली मिडियाहरुले उल्लेख गरेका छन् ।

क्षेत्रीय चुनावको पहिलो चरणमा तीनमध्ये दुई जना भन्दा बढी फ्रान्सेलीहरूले चुनावमा नजाने निर्णय गरेका छन् । यसले प्रजातन्त्र, गणतन्त्रका लागि प्रतिनिधित्व गर्ने कि नगर्ने भन्ने बहस आइतबार साँझबाटै मिडिया र विश्लेषकहरुले सुरु गरेका छन् । जनताको यो सहभागितालाई उनीहरुले चिन्ताजनक भनेका छन् ।

दक्षिणपन्थी समूहले २७ देखि २९ प्रतिशत मत पाएर अगाडि देखिएका छन् । जबकि पुराना ठूला पार्टीमध्ये सोसलिस्ट पार्टीले १७ दशमलव ६ प्रतिशत, राष्ट्रपतिको ला रेपब्लिक अँ माश पार्टीले ११.२ प्रतिशत ल्याएका छन् । मुख्य दक्षिणपन्थी पार्टी भनेर चिनिएको रासँब्लमँ नेसनलले १९ प्रतिशत र युरोप इकोलोजी भन्ने ग्रिन पार्टीले १३.२ प्रतिशत मत पाएको छ ।

दक्षिणपन्थी भनेर चिनिएको रासँब्लमँ ने;नलको अवस्था सन् २०१५ को अनुपातमा खस्किएको हो । त्यो बेला त्यसले २७.७ प्रतिशत मत ल्याएको थियो ।

क्षेत्रीय र विभागीय निर्वाचनमा प्राजातान्त्रिक, गणतान्त्रिक भनिएका पार्टीको अवस्था कमजोर भएपछि अति दक्षिणपन्थीहरुलाई हराउन प्रजातान्त्रिक पार्टीहरुबीच कार्यगत एकताको मोर्चा निर्माण गर्ने प्रयास पनि थालिएको छ ।

राष्ट्रपति एमानुयल माक्रोंनको पार्टी ला रिपब्लिक अँ माशका नेता सानिस्ला गुएरिनिले आरटीएल रेडियोसितको अन्तर्वार्तामा आइतबार साँझ भनेका छन्, 'दक्षिणपन्थीहरुलाई हराउन रिपब्लिकन दलहरुबीच प्रभावकारिता बढाउन मोर्चा निर्माणको लागि भेला गराउने छु ।'

प्रकाशित : असार ७, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?