कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किमले भने : उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहनुपर्छ

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएका छन् । 

किमले भने : उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहनुपर्छ

उत्तर कोरियाली नेता किमले बाइडेन प्रशासनप्रति पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् । बिहीबार बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिकासँग ‘उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’ का आधारमा व्यवहार गर्नुपर्ने बताएका हुन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले नेता किमको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘महासचिवले संवाद र संघर्षका लागि तयार रहनुपर्ने कुरामा जोड दिनु भएको छ । विशेष रुपले हाम्रो मुलुकको गरिमाको रक्षा र स्वतन्त्रका विकासका लागि पूर्ण रुपमा मुलुक तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।’

यस्तो कदमले उत्तर कोरियामा शान्तिपूर्ण वातावरणका साथै सुरक्षाको प्रत्याभूति हुने पनि किमको भनाइ रहेको थियो । उत्तर कोरियाका लागि भर्खरै नियुक्त भएका अमेरिकी दूत सुङ किम दक्षिण कोरिया आउनुभन्दा २ दिनअगाडि किम जोङ उनको प्रतिक्रिया सार्वजनिक भएको हो । सुङ किमले सियोलमा रहँदा दक्षिण कोरियाली र जापानी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका परमाणु मामिलासम्बन्धी विज्ञ विपिन नारंगले बाइडेन सत्तामा आए पनि उत्तर कोरियाले ‘पर्ख र हेर’ कै नीतिलाई निरन्तरता दिएको बताउँछन् । ‘यसले प्योङयाङले बल अहिले अमेरिकी कोर्टमा रहेको सोचिरहेको छ । उसले बाइडेन प्रशासन कसरी अघि बढ्छ भन्ने कुरालाई पर्खिरहेको छ,’ रोयटर्ससँग कुराकानीमा नारंगले भनेका छन्, ‘ तर पछिल्लो समय मुलुकमा देखिएको कोभिड-१९ र खाद्य संकटका कारण किमले संघर्ष नचाहेको देखिन्छ ।’

पछिल्लो समय उत्तर कोरियामा खाद्य संकट देखा परेको विभिन्न रिपोर्टहरुमा उल्लेख छ । पछिल्लो समय उत्तर कोरियामा महँगी बढेको बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलो केराको भाउ ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।

प्रकाशित : असार ४, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?