कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

म्यानमार सेनाद्वारा सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर 

एजेन्सी

यांगुन — म्यानमारको सैनिक प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

म्यानमार सेनाद्वारा सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर 

जसलाई सुचीको दल नेसनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ ।

सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ ।

यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले कुमार्फत सत्ताको बागडोर सम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिएकी छिन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?