कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपालमा कोरोना महामारी र खोपबारे बेलायती महारानीको चासो  

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयले नेपालमा कोरोना महामारी र खोपको अवस्थाबारे चासो व्यक्त गरेकी छन् । 

नेपालमा कोरोना महामारी र खोपबारे बेलायती महारानीको चासो  

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बुधबार लन्डनको बकिङ्गघम राजदरबारमा आयोजित एक विशेष समारोहबीच आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा महारानीले उक्त चासो राखेको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तर, सहयोग दिनेबारे भने उनको भनाइ बाहिर आइसकेको छैन । हालै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले महारानीलाई एक पत्र लेख्दै खोप सहायताका लागि आग्रह गरेकी थिइन् । महारानीले बेलायत नेपालबीच दौत्य सम्बन्धबारे चर्चा गर्दै नेपालको विकास प्रयासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी दूतावासले जनाएको छ ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिइन् । राजदूत रेग्मीले भिडियो लिंकमार्फत विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

सो क्रममा रेग्मीले ब्रिटेन-नेपालबीचको दुई सय वर्षभन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक–आर्थिक विकासमा पुरयाएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले कोभिडविरुद्धको लडाईंमा बेलायती सहयोगका लागि पनि धन्यवाद दिएका थिए । राजदूतले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले बेलायती महारानीको सुस्वास्थ्य साथै बेलायत र बेलायती जनताको प्रगति एवं समृद्धिको कामना गरेका जनाइएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?