कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्सेली राष्ट्रपति माक्रोंमाथि झापड

पेरिस — फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन्  ।

फ्रान्सेली राष्ट्रपति माक्रोंमाथि झापड

बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेकै अवस्थामा ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए ।

बीबीसीका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?