कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इजरायली सत्ताबाट बाहिरिने भए नेतान्याहु, बेनेट नयाँ प्रधानमन्त्री बन्दै

विपक्षी गठबन्धनमा रहेका ८ पार्टीले बहुमत पुर्‍याएपछि १२ वर्षदेखि इजरायली सत्तामा रहेका बेन्यामिन नेतान्याहु बाहिरिने पक्का भएको हो ।
इकान्तिपुर डेस्क

काठमाडौँ — इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको छ । वर्तमान प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सत्ताबाट बाहिरिने भए नेतान्याहु, बेनेट नयाँ प्रधानमन्त्री बन्दै

योसँगै १२ वर्षदेखि इजरायलको सत्तामा रहेका नेतान्याहु बाहिरिने पक्का भएको छ ।

सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिड सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्वमा हुनेछन् ।

गत मार्चमा भएको चुनावमा इजरायलमा नेतान्याहुको लिकुड पार्टीसहित कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । कसैलाई बहुमत प्राप्त नभएपछि लिकुड पार्टीलाई जुन २ सम्म बहमुत सावित गर्न आह्वान भएको थियो । तर नेतान्याहुले उक्त समयसीमाभित्र बहुमत जुटाउन सकेनन् । इजरायलमा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेका कारण गत दुई वर्षमा चार पटक चुनाव भइसकेको छ ।

१२० सिट रहेको इजरायली संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ । यदि यस पटक पनि कसैले बहुमत प्राप्त नगरेको भए इजरायलमा दुई वर्षमा ५औं पटक आम चुनाव हुन्थ्यो ।

राष्ट्रपति रुवेन रिवलिनले तत्काल संसद्को अधिवेशन बोलाएर विश्वासको मत लिने काम अघि बढाउन संसद्लाई आग्रह गरेका छन् ।

इजरायलको नयाँ गठबन्धनमा वैचारिक हिसाबले विपरीत प्रकारका पार्टी सामेल छन् । तर उनीहरुले नेतान्याहुको शासन अन्त्य गर्नका लागि एक ठाउँमा उभिएको बताएका छन् । नयाँ गठबन्धनमा दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी धारका पार्टी समावेश छन् ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने गठबन्धन सरकार बनाउने प्रयासलाई ‘शताब्दीकै सबैभन्दा ठूलो छल’ भनेका छन् । नयाँ सरकार बनेमा इजरायलको सुरक्षा र भविष्य नै खतरामा पर्ने उनको भनाइ छन् । ७१ वर्षीय नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता हुन् । पछिल्लो एक दशकदेखि इजरायली राजनीतिमा उनकै मात्र दबदबा थियो । तर उनीमाथि भ्रष्टाचार र चुनावमा धाँधली गरेको आरोप भने लाग्दै आएको छ ।

निसेटमा नेतान्याहुको लिकुड पार्टीको ३० सिट रहेको छ भने दोस्रो ठूलो पार्टी येश एटिडको १७ सिट रहेको छ । विश्वासको मत लिँदासम्म सबै दल एकजुट भए उनीहरुको पंक्षमा बहुमत ६२ सांसद हुनेछन् ।

गठबन्धनमा रहेका ८ दलको संसद्मा यस्तो छ उपस्थिति

येश एटिड पार्टी – १७

काहोल लाव्लान – ८

इजरायल बेइतेनु – ७

लेबर पार्टी – ७

यामिना – ७

न्यु होप – ६

मेरेज – ६

राम – ४

प्रकाशित : जेष्ठ २०, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?