२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चक्रवाती तुफान ‘टोकटे’ : गुजरातको तटीय क्षेत्रका डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ — चक्रवाती तुफान ‘टोकटे’ का कारण भारतको कनार्टक, केरल र गोवा राज्यमा तीव्र गतिमा हावा चल्नुका साथै भारी वर्षा भइरहेको छ ।

चक्रवाती तुफान ‘टोकटे’ : गुजरातको तटीय क्षेत्रका डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

साइक्लोन अलर्टका कारण सोमबार बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्मका लागि मुम्बई विमानस्थल बन्द गरिएको छ ।

भारतीय मौसम विभागले गुजराततर्फ बढिरहेको यो तुफान ‘निकै गम्भीर’ हुन सक्ने र यसले ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ । मौसम विभागका अनुसार यो तुफान गुजरातको पोरबन्दर र महुवाको तटीय क्षेत्रमा ठोक्किनेछ । सोमबार साझँसम्म टोकटे तुफान गुजरातसम्म आइपुग्ने पनि मौसम विभागले जनाएको छ ।

सम्भावित खतरालाई ध्यान दिँदै गुजरातको तटीय क्षेत्रबाट करिब डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै उद्धारका लागि एनडीआरएफ र एसडीआरएफका गरी ५४ वटा टिम परिचालन गरिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त तुफान ९० किलोमिटर प्रतिघण्टाका गतिले आइरहेको र मंगलबार त्यो गति १५० देखि १६० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने पनि भारतीय मौसम विभागको अनुमान छ ।


प्रकाशित : जेष्ठ ३, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?