कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतमा एकैदिन ४ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, ३९१५ को मृत्यु

काठमाडौँ — भारतमा लगतार कोरोना संक्रमण बढिरहेको छ । भारतमा लगतार दोस्रो दिन पनि ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थप ४ लाख १४ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन ४ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, ३९१५ को मृत्यु

जुन भारतमा महामारी सुरु भएयताकै उच्च हो । यसअघि बिहीबार भारतमा ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा यसअघि गत शुक्रबार एकैदिन ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय भारतमा कोरोनाले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । बिहीबार भने अहिलेसम्मकै उच्च ३ हजार ९ सय ८० को मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म २ करोड १४ लाख ९१ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७६ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ८३ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३१ हजार ५ सय ७ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या करिब १ करोड ७६ लाख पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ४५ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १८ लाख २६ हजार ४ सय ९० नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड ४९ लाख डोज खोप लगाइएको छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६३ हजार ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २० हजार २८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २८ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम बंगालमा १७ हजार ४ सय १२ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा १३ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने ९० जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?