मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर- विश्व - कान्तिपुर समाचार

मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

रासस/एपी

वासिङ्टन — संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ ।

विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।

आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ ।

राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ ।

यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए ।

संयुक्तराज्य अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो ।

प्रकाशित : वैशाख २२, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्

जिप भिरबाट खस्दा चालकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा जिप भिरबाट खस्दा चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ भंगानेमा मंगलबार राति बा१३च ८०४८ नम्बरको जिप दुर्घटना हुँदा घोराही–१३ बडहराका विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको हो ।


दुर्घटनामा जिपमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय राजकुमार थापा र र तुलसीपुर–१६ का २३ वर्षीय वसन्त भण्डारी छन् ।

घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । रोल्पाबाट घोराही आउँदै गरेको जिप सडकबाट खसेको हो ।


प्रकाशित : वैशाख २२, २०७८ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×