कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादास्पद पोस्टपछि कंगनाको ट्विटर एकाउन्ट ‘सस्पेन्ड’

काठमाडौँ — ट्विटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड गरिदिएको छ । शृंखलाबद्ध रूपमा विवादास्पद र भ्रामक सूचनासहितको ट्वीट गरेपछि कंगनाको एकाउन्ट सस्पेन्ड गरिएको हो । 

विवादास्पद पोस्टपछि कंगनाको ट्विटर एकाउन्ट ‘सस्पेन्ड’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘२००० को दशकको सुरुमा’ झैं ‘विराट रुप’ लिएर ममता बनर्जीलाई ‘तह लगाउन’ आग्रह गरेकी थिइन् । उक्त ट्वीटपछि कंगनाको बयानलाई धेरैले हिंसा भड्काउने खालको भएको भन्दै उनको एकाउन्ट सस्पेन्ड गर्न माग गरेका थिए ।

कंगना रनावतले केही वर्षयता विवादास्पद र भड्काउ बयान दिँदै आएकी छिन् । पश्चिम बंगाल विधानसभा चुनावको नतिजापछि राज्यका केही ठाउँमा भएका हिंसात्मक घटनालाई जोड्दै उनले आफूलाई समर्थन गर्नेहरुलाई हिंसाका लागि उक्साएको आरोप लगाइएको छ ।

एनडीटीभीसँगको कुराकानीमा ट्विटरका प्रवक्ताले ‘एब्यूसिभ बिहेवियर पोलिसी’ अन्तर्गत कंगनाको एकाउन्ट सस्पेन्ड गरिएको बताएका छन् ।

प्रकाशित : वैशाख २१, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?