राहुल गान्धीलाई कोरोना संक्रमण

नयाँदिल्ली — भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष तथा नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । गान्धीले मंगलबार अपरान्ह ट्विट गर्दै आफू संक्रमित भएको जानकारी गराएका छन् ।

राहुल गान्धीलाई कोरोना संक्रमण

‘सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । हालैका दिनमा मेरो सम्पर्क आउने सबैजनाले कृपया स्वास्थ्य मापदण्ड पालना गरिदिनुहोला र सुरक्षित रहनुहोला’ गान्धीले ट्विटमा भनेका छन् । गान्धी पछिल्लो समय पश्चिम बंगाल, तमिलनाडु, केरला र असमको विधानसभाको चुनावी अभियानमा व्यस्त थिए ।

सोमबार मात्रै भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । सिंहले कोरोना खोपको दुई वटै डोज लगाइसकेका थिए । हाल उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फर मेडिकल साइन्सेस् (एम्स्) मा उपचार भइरहेको छ । ८८ वर्षीय सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?