१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

नयाँदिल्ली — भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ । मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

‘आज मलाई कोभिड पोजिटिभ पुष्टि भएको छ । पछिल्ला २–३ दिन मेरो सम्पर्कमा आउनेहरुले कृपया स्वास्थ्य परीक्षण गराउनुहोला’ उनले ट्विटमा लेखेका छन् ।

भारतमा विगत केही दिनयता कोरोना संक्रमण भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार थप २ लाख १७ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको थियो । जुन एकै दिनमा थपिएको संक्रमित संख्याका हिसाबले कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । बिहीबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ४२ लाख नाघेको छ । संक्रमण बढ्ने क्रमसँगै मृत्युदर पनि चिन्ताजनक ढंगले बढेको छ । बिहीबारमात्रै १ हजार १८५ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

भारतका महाराष्ट्र, दिल्ली, मध्यप्रदेश, गुजराज, छत्तीसगढ, कर्नाटक, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, केरलामा संक्रमण भयावह बन्दै गएको छ । संक्रमण बढेसँग अस्पतालमा बिरामीहरुको भीड पनि बाक्लिएको छ । अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव सुरु भएको छ ।


प्रकाशित : वैशाख ३, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?