२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ

एजेन्सी

मिनियापोलिस — प्रहरीको गोलीले एक जना अश्वेत युवाको निधन भएपछि अमेरिकामा प्रदर्शन चर्केको छ । प्रहरी अधिकारीले मिनियापोलिसको उत्तरी क्षेत्रबाट कम्तीमा ४० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जनाएका छन् । 

अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ

ब्रुकलिन सेन्टरमा प्रदर्शनकारीले कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका जनाइएको छ । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा फ्ल्यास (बेहोस पार्ने) ग्रिनेड प्रयोग गरेका छन् । तनाव बढेपछि दुइटा सहरका मेयरहरूले आपत्काल घोषणा गरिएको छ । मिनियापोलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् । गत वर्षको मेमा एक अफ्रिकी अमेरिकी जर्ज फ्लोइडको हत्या आरोपमा एक जना प्रहरी अधिकारीमाथि दायर मुद्दाको सुनुवाइ चलिरहेका बेला अर्का अश्वेत प्रहरीको गोलीबाट मारिएका हुन् ।

आइतबार ट्राफिक नियम उल्लंघन गरेको आरोपमा मिनेसोटाको ब्रुकलिन सेन्टरमा प्रहरीले २० वर्षीय डन्टे राइटलाई कारबाट बाहिर निकालेको थियो । तर राइट फेरि कारमा पसेपछि प्रहरीसँग भएको संघर्षमा उनको मृत्यु भएको हो ।

ब्रुकलिन प्रहरीले दुर्घटनावश राइटलाई गोली लागेको बताएको छ । मिनेसोटा प्रहरी प्रमुख टिम गाननले घटनालाई ‘एक दुर्घटना’ बताएका छन् । एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको भिडियोसमेत देखाएका थिए । भिडियोमा ती अधिकारी किम पोटरले राइटलाई हत्कडी लगाउन खोजेकी थिइन् । त्यसक्रममा उनी जबर्जस्ती कारमा पसेर बस्न खोजेको देखिन्छ । त्यसपछि अश्वेत युवा कारको सिटमा बस्छन् र कार गुडाउन थाल्छन् । लगत्तै पोटरले ‘मैले उसलाई गोली हाने’ भनेको भिडियोमा सुन्न सकिन्छ ।

प्रकाशित : वैशाख १, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?