भारतको महाराष्ट्रमा दुई साता लकडाउन

एजेन्सी

मुम्बई — कोरोना भाइरसको संक्रमण फैलने क्रम तीव्र भएपछि भारतको महाराष्ट्र राज्यमा दुई साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

मुख्यमन्त्री उद्धव ठाकरेले मंगलबार भिडियो सम्बोधन गर्दै बुधबार साँझ ८ बजेदेखि १५ दिनका लागि राज्यभर कडा लकडाउन लागू गरिएको जनाएका हुन् । सरकारले स्वास्थ्य संरचनामा विशेष ध्यान दिएको ठाकरेको भनाइ छ ।

मुख्यमन्त्री ठाकरेले आइतबार राज्यको कोरोना भाइरस कार्यदलसँग बैठक गरेका थिए । त्यसक्रममा महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले तत्कालका लागि राज्यमा कम्तीमा २ देखि ३ साता लामो लकडाउन आवश्यक भएको बताएका थिए ।

भारतीय राज्यमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ५ लाख ९३ हजार ४२ जना सक्रिय संक्रमित छन् । २८ लाख ३४ हजारभन्दा बढी निको भइसकेका जनाइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो एक दिनमा महराष्ट्रमा ६३ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । राज्यमा हालम्म ५८ हजार २ सयभन्दा बढीले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।


प्रकाशित : चैत्र ३१, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?