कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कोरोना भाइरस : न्युजिल्यान्डमा भारतबाट आउने यात्रुलाई प्रवेश रोक

एजेन्सी

वेलिङ्टन — न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशलाई अस्थायी रुपमा रोक लगाउने भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाउने भएको हो । 

कोरोना भाइरस : न्युजिल्यान्डमा भारतबाट आउने यात्रुलाई प्रवेश रोक

बिहीबार न्युजिल्यान्डमा थप २३ जनामा कोरोना पुष्टि भएपछि न्युजिल्यनान्डले यो कदम चालेको हो । संक्रमण पुष्टि भएका २३ जनामध्ये १७ जना भारतबाट आएका व्यक्ति थिए । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनका अनुरा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि झन्डै २ हप्ता भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ ।

समाचार संस्था रोयटर्सका अनुसार अप्रिल ११ तारिख दिउँसो ४ बजेदेखि अप्रिल २८ सम्म भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ । यो अवधिमा भारतमा रहेका न्युजिल्यान्डका नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । न्युजिल्यान्डले आफ्नो सीमामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै आएको छ । त्यस्तै ४० दिनदेखि न्युजिल्यान्डमा समुदायमा संक्रमण नदेखिएको पनि रोयटर्सले जनाएको छ । तर पछिल्लो समय मुलुकबाहिरबाटै संक्रमित भएर फर्किनेको संख्या बढेका बताइएको छ । भारतबाट आउनेहरुमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको पनि समाचारमा जनाइएको छ ।

न्युजिल्यान्डले विश्वका अन्य मुलुकको तुलनामा कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको छ । उसले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारमा विशेष ध्यान दिएको छ । न्युजिल्यान्डमा अहिलेसम्म २ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाले ६ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड २९ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २६, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?