२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालीलाई अत्यधिक चिसोबाट जोगाउन फ्रान्सका कृषकद्वारा मैनबत्ती प्रयोग

ददि सापकोटा

पेरिस — फ्रान्सका कृषकहरुले आफ्नो बालीलाई अत्यधिक ठण्डीबाट बचाउन मैनबत्ती, धुनी र हेलिकप्टरको प्रयोग गरेका छन् ।

बालीलाई अत्यधिक चिसोबाट जोगाउन फ्रान्सका कृषकद्वारा मैनबत्ती प्रयोग

गत हप्ता २५ डिग्रीसम्म तापक्रम पुगेको फ्रान्समा आइतबारदेखि केहि क्षेत्रमा शून्यबाटपनि पाँच डिग्रीसम्म तापक्रम झरेपछि फलफूल र तरकारीलाई व्यापक क्षति पुगेको छ । एक्कासी हिउँ र बरफ परेर तापक्रम तल झरेपछि अंगुर खेती, बगैंचा र अन्य बालीनाली जोगाउन हेलिकप्टर र मैनबत्ती प्रयोग गरेका हुन् ।

फ्रान्सले अचानक अत्यधिक ठण्डीको सामाना गर्नुपरेपछि किसानहरूलाई आफ्नो बाली बर्बाद हुनबाट जोगाउन र घातक शीतमा सहज विकल्पहरू दिन दबाब परेको हो । ढिलोगरि आएको तुसारोले अंगुरबारी, बगैंचा र अन्य सागसब्जीलाई हानी पुर्‍याउने खतरा बढेपछि किसानहरुले तापक्रम अचानक झर्ने समस्याको समाधान गर्न विभिन्न प्रकारको सुरक्षासहित मैनबत्तीहरू, पानीको स्प्रे र हेलिकप्टरहरूबाट न्यानो हावा छर्किरहेका छन् । केहि ठाउँमा भने खेतीको बिचबीचमा धुनी लगाइदिएका छन् ।

केहि किसानले आफ्नो स्याउ बगैंचामा तुसारो पगाल्न पानी छर्किएका छन् । पानीले जेल उत्पादन गर्दछ । त्यसैले तुसारोलाई गलाउँछ र तापक्रमलाई स्थिर राख्ने भनाइ किसानहरुको छ । त्यसले स्याउको ऊर्जा घटाउन कम गर्दछ र चिसो पचाउन सहयोग दिने र स्याउ फुल्न सहयोग पुर्‍याउने किसानहरुको बुझाइ छ ।

फ्रान्सको दक्षिणी क्षेत्रस्थित बुर्गुन्डीमा भने ठूला ठूला मैनबत्तीहरु बालिएको छ । बालीको बीचबीचमा मैनबत्ती बालिदिँदा तापक्रम दिन्छ । विरुवालाई न्यानो पारिदिन्छ र बरफ जम्नपनि पाउँदैन ।

केहिले भने हेलिकप्टरहरु भाडामा लिएका छन् । हेलिकप्टरले बालीनलीको फल र दानामा हावा दिएका छन् । फल र दानाहरु तुसारोले जमेर बिगार्न नपाओस् भनेर त्यसो गरिएको हो ।

प्रकाशित : चैत्र २५, २०७७ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?