२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भारतीय माओवादीले भन्यो : सुरक्षाकर्मीको रिहाइका लागि सरकारसँग वार्ता गर्न तयार छौँ

काठमाडौँ — भारतीय कम्युनिस्ट पार्टी माओवादीले आफ्नो कब्जामा रहेका सुरक्षाकर्मीको रिहाइका लागि सरकारसँग वार्ताको प्रस्ताव गरेको छ ।

भारतीय माओवादीले भन्यो : सुरक्षाकर्मीको रिहाइका लागि सरकारसँग वार्ता गर्न तयार छौँ

भाकपा माओवादीका दण्डकारण्य स्पेसल जोनल कमिटीका प्रवक्ता विकल्पका नाममा सार्वजनिक विज्ञप्तिमा सरकारसँग वार्ताको प्रस्ताव गरिएको छ ।

माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिजापुर आक्रमणमा २४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । २१ जवान घाइते भएका छन् । १ जना प्रहरी जवान हाम्रो हिरासतमा रहेका छन् । यो झडपमा पीएलजीका ४ जना जवानको पनि मृत्यु भएको छ । यस घटनामा हामी सरकारसँग कुरा गर्न तयार छौँ । सरकारले मध्यस्थकर्ताको घोषणा गर्न सक्नेछ । कुराकानीपछि हामीले सुरक्षाकर्मीलाई रिहा गर्नेछौँ ।’

माओवादीले प्रेस विज्ञप्तिमा प्रहरी आफूहरुको शत्रु नभएको र झडपमा मारिएका सुरक्षाकर्मीको परिवारप्रति दु:ख प्रकट गरेको उल्लेख छ । माओवादीले छत्तीसगढको सुकमा र बिजापुर जिल्लामा गृहमन्त्री अमित शाहको योजनामा २ हजारभन्दा बढी सुरक्षाकर्मी आक्रमण गर्न आएको आरोप लगाएको छ । गत नोभेम्बरमा सुरु भएको सैन्य अभियानमा १५० भन्दा स्थानीयको हत्या भएको र त्यसमा केही आफ्ना नेता र कार्यकर्ता पनि रहेको माओवादीले जनाएको छ ।

त्यस्तै माओवादीले आफूहरुका सबै वर्ग र सबै तप्काका जनताको सरकार बनोस् भन्ने चाहेको पनि बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री शाहले दमनको योजना बनाए आफूहरुले पनि जनयुद्धका माध्यमबाट कडा जवाफ चाल्ने विज्ञप्तिमार्फत माओवादीले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?