नाइजेरियाको जेलबाट १८०० कैदी फरार- विश्व - कान्तिपुर समाचार

नाइजेरियाको जेलबाट १८०० कैदी फरार

एजेन्सी

अबुजा — नाइजेरियाको एक जेलमा बन्दुकधारीहरूले आक्रमण गरेपछि १ हजार ८ सयभन्दा बढी कैदीहरू भागेका छन् । दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गरेपछि आक्रमणकारीहरू जेलभित्र पसेका थिए ।

तस्बिर : रोयटर्स

भागेका कैदीमध्ये ६ जना फर्किएका अधिकारीहरूले जनाएका छन् । ३५ जना भने भाग्न अस्वीकार गरेका थिए । प्रतिबन्धित पृथकतावादी समूह ‘द इन्डिजेनस पिपुल्स अफ बियाफ्रा’ ले जेलमा आक्रमण गरेको प्रहरीको दाबी छ । तर उक्त समूहले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार जेलबाट १ हजार ८ सय ४४ कैदी फरार भएका हुन् । एउटा ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू सोमबार बिहान ओवेरी जेलमा प्रवेश गरेका थिए ।

प्रकाशित : चैत्र २५, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

च्याम्पियन्स लिग : रियल र सिटीलाई अग्रता

एजेन्सी

पेरिस — रियल म्याड्रिड र म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगमा मंगलबार महत्त्वपूर्ण अग्रता लिएका छन् । रियलले लिभरपुललाई ३–१ ले हरायो ।

तस्बिर : रोयटर्स

अल्फ्रेडो डि स्टाफानो मैदानमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियनरले दुई तथा मार्को एसनसियोले एक गोल गरे । लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए ।

अब रियलले एनफिल्डमा गएर खेल्नेछ ।

सिटीले भने आफ्नो घरमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई २–१ ले हरायो । त्यसमा सिटीका लागि केभिन डे ब्रुन र फिल फोडेनले गोल गरे । डर्टमुन्डका तर्फबाट मार्को रुनेसले गोल फर्काए ।

तस्बिर : रोयटर्स

प्रकाशित : चैत्र २५, २०७७ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×