३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चार मुलुकका नागरिकलाई बेलायत प्रवेशमा रोक

एजेन्सी

लन्डन — बेलायतले चारवटा मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ । यात्रा प्रतिबन्ध लाग्ने मुलुकहरूमा फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश छन् ।

चार मुलुकका नागरिकलाई बेलायत प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न यी मुलुकका नागरिकलाई बेलायत छिर्न रोक लगाइएको यूके सरकारले जनाएको छ । यो व्यवस्था आगामी शुक्रबारदेखि लागू हुनेछ । यी मुलुक भ्रमण गरी फर्किएका यूकेमा स्थायी बसोबास अनुमति भएका बेलायती, आइरिस र तेस्रो मुलुकका नागरिकलाई सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ ।

अध्यागमन विभागले पछिल्लो समयको तथ्यांक विश्लेषण गर्दा यी देशबाट फर्किएकाहरूबाट कोरोनाको नयाँ प्रजाति फैलने जोखिम बढेको दाबी गरेको छ ।

प्रकाशित : चैत्र २०, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?